राजनीति

अष्टलक्ष्मीले केपीकै सामुन्ने भनिन-दिल ठूलाे पाराैं,जेठ २ मा फर्काैं

काठमाण्डाैं।नेकपा एमालेकी नेतृ तथा वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी अेाली कै सामुन्ने दिल ठूलाे पार्न सुझाव दिएकी छिन।

बिहीबार प्रज्ञा भवनमा भएकाे कार्यक्रममा उनले कम्युनिष्टकाे मन मुटु ठूलाे हुने बताइन। सानाे चित्त हुने कम्युनिष्ट नहुने उनकाे तर्क थियाे। दस वुँदे सहमति गरेर माधव नेपाल छाडी केपी तिर लागेकी शाक्यले अब विलम्व नगरि जेठ २ मा फर्कन पर्ने बताइन। भर्खर मात्र दश वुँदे सहमति विपरित भीम रावललाई सुदुरपश्चिमकाे इन्चार्ज नदिइएकाे, याेगेश भट्टराइलाई प्रवक्ता नवनाइएकाे स्मरण गर्दै उनले सांकेतिक रूपमा यी कुराकाे विराेध गरिन।

उनी स्वयम पनि वागमती प्रदेशकाे मुख्यमन्त्री छिन तर उनकाे सरकार अल्पमतमा परिसकेकाे छ।एक हातले दिएकाे जस्ताे गरेर अर्काे हातले खाेस्न थालेपछि प्रज्ञाव भवनमा शाक्यले ओलीकै सामुन्ने दलि ठूलाेपार्न भनेकी हुन।

उनी माधव नेपालकाे प्यानलमा रहदा अेालीकाे कटु विराेधी थिइन । तर मुख्यमन्त्री पाउने भएपछि उनी केपी खेमामा पसेकी थिइन।

उनले जालझेल छाडन र पार्टी सहमतिकाे साथ अघि वढाउन पनि माग गरेकी छिन।

यस्ता छन् चार सुझाव

१) हामी विचारबाट साह्रै विचलित भयौं । वैचारिक प्रशिक्षण भएन । नवौं अधिवेशनमा दुइटा प्यानल बन्यो । निर्वाचनमा गुटबन्दी भयो । पार्टीभित्र अन्तरविरोध सिर्जना भयो । कहिल्यै पनि संगोल एमाले भएन । दुर्भाग्य थियो । एकताबद्ध भएर जाने, प्यानल नबनाउने हो सुदृढ एमाले बनाउन सक्छौं ।

२) हामीसँग विचार छ । तर कहिले पनि वैचारिक काम गर्न सकेनौं । नवौ अधिवेशनपछि प्रशिक्षण, विचारको अभाव भयो । कमिटी अराजकतातिर गयो । विचार शून्य भएपछि जन्माउने गुटबन्दी हो । एमाले गुटबन्दीको सिकार बन्यो । यसमा अत्यन्तै समीक्षा हुनुपर्छ । निर्मम समीक्षा गरेमात्रै सुदृढ एमाले बन्छ । नेतृत्वले आँट गर्नैपर्छ ।

३) जनमतको कदर गर्नै सकेनौं । यत्रो नेपाली जनताले हामीलाई जनमत दियो । सत्तामा पुर्‍यायो । तर जोगाउन सकेनौं । जनताले मत दियो । अब फेरि चुनावमा जानुपर्छ भनेर सोचेनौं । जनमत पाएको हो जे हुन्छ जसरी चल्छ चल्छ भनेर गैरजिम्मेवारीपूर्वक सोच्यौं । अब जनमतलाई के भन्ने ? आत्मालोचना गर्नैपर्छ । जनतामाझ भन्नैपर्छ । तब मात्रै सुदृढ एमाले हुन्छ । फेरि जनमत पाउँछ ।

४) हामी रूपान्तरित हुने कि नहुने ? नेता मात्रै होइन, कार्यकर्तासम्म, कार्यकर्तामात्र होइन सिंगो संगठन, तलदेखि माथिसम्म विचार, व्यवहारमा रूपान्तरित हुने कि नहुने ? कि त्यहीँ सामन्ती सोचबाट जाने हो ? त्यसरी जाँदा गाह्रो हुन्छ । सिंगो एमाले पंक्तिलाई पहिला रूपान्तरित गरौं । विचारको राजनीति गरौं । किनभने हामी गालीगलौजको राजनीतिक गर्छौं । फेरि त्यसलाई कसरी सच्याउने ? रूपान्तरित गर्नैपर्छ । त्यसका लागि विधान अधिवेशन आइसकेको छ । महाधिवेशन कमिटी तोकिसकेको छ । मूलधारको कम्युनिस्ट एमाले नै हो । त्याग र बलिदानबाट आएको एमाले सुदृढ बन्नु, विधिसम्मत बनाउनुपर्छ । नैतिक आचारणलाई सुदृढ बनाउँदै गयौं भनेर धेरै कुरा मिलेर जान्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *