समाचार

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रहरी भन्छन् थप कोही पक्राउ परेका छैनन्

​​​​​​​काठमाडौं । संखुवासभाको मादी नगरपालिका १ उम्लिङ, खोलागाउँमा एकै परिवारको ६ जनाको सामूहिक हत्या आरोपमा थप कोही पक्राउ नपरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले केही बेरअघि प्रेस विज्ञप्तिमार्फत घटनामा थप व्यक्ति पक्राउ गरेको भन्दै केही मिडियामा प्रकाशित समाचार गलत भएको प्रष्ट्याएको हो । संखुवासभा प्रहरी प्रवक्ता इन्स्पेक्टर शुभेश अधिकारीले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

घटनामा नयाँ ट्वीस्ट भन्दै थप एकजना पक्राउ परेको र लोकबहादुरको घरमा मृतकमध्ये एकजनाको मोबाइल भेटिएको भन्दै समाचार आएपछि जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति निकालेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *