काठमाण्डाैं।कलाकारिता शिखर चुम्म सफल करिश्मा मानन्धरले वुधवारबाट सुरू भएकाे कक्षा १२ काे परीक्षामा जुटेकी छिन।गाेदावरीमा स्थायी वसाेवास गर्ने नेपाली सिने क्षेत्रकी हस्ती करिश्माले २ वर्ष देखि स्थगीत कक्षा १२ काे परीक्षा दिएकी हुन।उमेर पाकाे भएपछि पनि पढन सकिन्छ भनेर प्रेरणाकाे स्राेत वनेकी करिश्माले १२ काे परीक्षा गाेदावरीमै रहेकाे किटनी माविमा दिइरहेकी छिन।

स्कुल ड्रेस लगाएर उनी परीक्ष दिन अन्य परीक्षार्थी झैं गएकी हुन।वुधवार देखि नै राजधानीमा परेकाे झरीमा छाता अेाढेर उनी परीक्षा केन्द्रमा पुगेकी थिइन।निलाे ड्रेस र मास्क लगाएर परीक्षा दिन गएकी करिश्माले ढिलाे भएपनि परीक्षा सुरू भएकाेमा खुशी ब्यक्त गरिन।




