राजनीति

पार्टीभित्र आन्तरिक निर्वाचन गर्ने माओवादीको तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टीभित्र आन्तरिक निर्वाचन गर्न तयार भएको छ । त्यसका लागि मंगलबार बसेको स्थायी समितिको बैठकले पार्टीभित्रको निर्वाचन गर्ने प्रयोजनका लागि पार्टीले निर्वाचन आयोग गठन गरेको छ। विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्य रहेको आयोग गरेको हो ।

बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम्मा आयोगलाई दिएको छ । त्यस्तै पार्टीको विधानपनि परिमाजैन गरेर पेश गर्नेगरि पारित गरेको छ ।

विद्यानमा केही थपघट र परिमार्जन भएको महराले बताए । यसमा अझ थपघट गर्नुपर्ने भए आगामी केन्द्रीय समिति वा राष्ट्रिय भेलाले अनुमोदन गर्ने गरि स्थायी समितिले पारित गरेको छ ।

माओवादी केन्द्रले प्रदेश समितिहरुको पदाधिकारी बारे अझै निर्णय गर्न सकेको छैन । स्थायी समिति बैठकमा पनि माओवादीले प्रदेश पदाधिकारीको विषयमा कुनै निर्णय गर्न नसकेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *