काठमाण्डाैं। एमाले सांसद साेमप्रसाद पाण्डे र शारदा भट्टलाई एकिकृत समाजवादी पार्टि राेज्न बाटाे खुल्ला भएकाे छ। सर्वाेच्च अदालतले मंगलवार यसवारेमा परेकाे रिटमा सुनुवाइ गर्दै यस्ताे आदेश दिएकाे हाे ।
एमाले विभाजनपछि नेकपा एकिकृत समाजवादीमा साेमप्रसाद पाण्डे र शारदादेवी भट्ट जान खाेज्दा निर्वाचन आयाेगले अस्वीकार गरेपछि यी दुई सांसदले सर्वाेच्च अदालतमा निवेदन दिएका थिए। गत भदाै ८ गते उनीहरूले दिएकाे निवेदनमा सुनुवाइ गर्दै यस्ताे अन्तरिम आदेश दिएकाे हाे । अदातलले नया दल राेजेकै भरमा कारवाही नगर्न न्यायाधीश द्धय इश्वर प्रसाद खतिवडा र नहकुल सुवेदीकाे इजलाशले आदेश दिएकाे हाे ।






