काठमाडौं । एमाले नेतृत्वको प्रदेश नम्बर एक र बाग्मती प्रदेश सरकार परिवर्तन हुने निश्चित भएको छ ।
एमाले विभाजनपछि बनेको दल नेकपा एकिकृत समाजवादी पार्टीले प्रदेश नम्बर एक सरकारलाई दिएको समर्थन आजैबाट फिर्ता लिने निर्णय प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।
बाग्मती प्रदेश सरकारमा समेत नेकपा एकिकृत समाजवादी पार्टीले सरकार निर्माणको पहल शुरु गरेको छ । योसँगै साढे तिनवर्षअघि केन्द्रदेखि प्रदेशहरुमा समेत सरकारको नेतृत्वमा रहेको नेकपा एमाले अहिले सबैतिर प्रतिपक्षमा पुग्ने अबस्था बनेको छ ।
पछिल्लो आम चुनावपछि केन्द्र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक कलहका कारण सत्ताबाट बाहिर पुगेका छन् । अहिले संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेताका रुपमा रहेका ओली मात्रै हैन, ४ वटा प्रदेशमा सरकारको नेतृत्वमा पुगेको एमाले अब सबै प्रदेशमा प्रतिपक्षी दलको बेञ्चमा पुग्ने अबस्था देखिएको छ ।
प्रतिनिधिसभा दुई दुई पटकसम्म विघटन गरेपछि आन्तरिक कलहमा फसेको तत्कालिन नेकपा दुई चिरा भएपछि अहिले एमाले समेत दुईचिरा परेको छ ।
जेठ २७ गते प्रदेशसभामा विश्वासको मत गुमाएका गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ पदच्यूत भएका थिए । गण्डकीमा सरकार ढलेको दुई महिनामा लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समेत साउन अन्तिममा विश्वासको मत नपाएपछि सरकार ढलेको थियो ।
यो पनि
बागमतीमा नयाँ सरकार बनाउने जिम्मा राजेन्द्र पाण्डेलाई
प्रदेश नम्बर एक सरकार अल्पमतमा, नेकपा एकिकृत समाजवादीले फिर्ता लियो समर्थन




