काठमाण्डौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्दले राजधानीमा प्रदर्शन गरेर एमसिसिको विरोध गरेका छन । उनले नेपालमा वन्ने विजुलीको ठुलो टावरको सुरक्षा कसले गर्ने भनेर प्रश्न गरेका छन । उनले यस्ता टावरको सुरक्षामा अमेरिकी सेना आउन सक्ने वताए । उनले एमसिसिको ५५ अर्ब केही होइन भन्दै एनसेल देखि भ्रष्टाचारको नालीवेली उतारेर असुल गर्न सकिने वताए । राजधानीमा सभा गरेर उनले एमसिसि चाहिदैन भनेर प्रचारात्मक सभा गरेका हुन ।
उनले सभामा वोल्न लाग्दा पानी पर्न थालेपछि सुरक्षागार्ड र स्वयमसेवकले उनलाइ छाता ओडाउन खोजेका थिए तर दाहिने हातमा घडी लगाएका चन्दले चाहिदैन भनेर पन्छाए । उनले अझ अघि भने–आगो संग खेलेर आएको मान्छेलाइ पानीको के डर ? तपाइहरु पनि नडराउनु होला ।




