काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमाथिको आजको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।
न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको इजलासमा मुद्दाको सुनुवाइ तोकिए पनि बेञ्च-बार समन्वय समितिको बैठक परेकोले हेर्न नभ्याइनेमा राखिएको हो । सो समितिमा वरिष्ठतम न्यायाधीशद्वय कार्की र खड्कासमेत छन् ।
नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।





