काठमाण्डौं । सभामुख अग्नि सापकोटाले डाकेको सर्वदलिय वैठकमा विपक्षी दल नेकपा एमाले नजाने भएको छ । विहानसम्म दलका नेता केपी ओली नजाने सुचना जारी भएपनि मध्यान्ह भने माधव नेपाल सहभागी वैठकमा भाग नलिने भन्दै एमालेले सर्वदलिय वैठकमै भाग नलिने जनाएको छ । एमालेले सभामुख सापकोटा प्रति पनि असहमति राखेको छ । उसले सभामुखले वदमाशी गरेर एमालेले कारवाही गरेका १४ जना सांसदलाइ तत्काल निलम्वन नगरेको भन्दै संसदमा विरोध गरिरहेको छ ।
सहमतिको लागि सभामुख सापकोटाले आइतवार संसद भवन मै डाकेको वैठकमा पनि ओली गएका थिएनन । तर उक्त वैठकमा ओली नगएपनि एमालेका अन्य नेता सहभागी भएका थिए ।




