रिबन

अफगानस्तानमा नयाँ नियम-महिला पुरूषसंगै वसेर पढन नपाउने

काठमाण्डाैं। अफगानिस्तानमा तालिवान सरकारले छात्र-छात्रा एउटै कक्षामा पढ्न नपाउने नियम लागू गर्ने भएको छ। विद्राेह मार्फत भर्खर सत्तामा पुगेकाे तालिवानका अन्तरिम सरकारका शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरुलाइ अध्यनकाे अनुमति दिने तर पुरुषसँग एउटै कक्षामा भने पढन नपाउने संकेत गरेका हुन् । उनले विधार्थी पढने पाठयपुस्तककाे पनि समिक्षा गर्ने वताएका छन। सन् १९९६ देखि २००१ सम्मको शासनको क्रममा तालिबानले महिला तथा किशोरीहरुलाई विश्वविद्यालय तथा विद्यालय जान प्रतिबन्ध लगाएको थियो ।

तालिबानले यो पटक भने महिलाहरुलाई शिक्षा र रोजगारबाट वञ्चित नगर्ने बताएको छ । तर अगस्ट १५ मा अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि तालिबानले सार्वजनिक स्वास्थ्यबाहेकका क्षेत्रमा कार्यरत सबै महिलाहरुलाई सुरक्षा अवस्था सुधार नभएसम्मका लागि घरमै बस्न आदेश दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *