रिबन

दुई–दुईपटक संसद् भंग गर्नेलाई चाहियो संसदीय मर्यादा

काठमाडौं । एमाले सांसदको नाराबाजीका कारण आइतबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध बन्यो । बिहीबारदेखि सुरु भएको संसद् बैठक लगातार तेस्रो दिन पनि अवरुद्ध बन्यो ।

एमाले प्रमुख प्रतिपक्षी भएका बेला पहिले पनि लगातार ५२ दिनसम्म संसद् बैठक अवरुद्ध गरेको तथ्यांक छ । यसपटक भर्खर तीन दिन मात्र भएको छ । एमाले अध्यक्ष केपी ओलीले आइतबार संसदीय दलको बैठकमा संसद् बैठक निरन्तर अवरुद्ध गर्ने घोषणा गरिसकेका छन् ।
एमाले विभाजन गर्न सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख भूमिका रहेको एमालेको निष्कर्ष छ ।

आफूले कारबाही गरेका १४ सांसदको नाम सूचना पाटीमा टाँस गरेको भए एमाले विभाजन नहुने नेताहरूको भनाइ छ । एमाले अध्यक्ष ओली तिनै हुन्, जसले प्रतिनिधिसभा दुईदुईपटक विभाजन गरेका थिए । अहिले उनकै सांसदरूलाई संसदीय सर्वोच्चता चाहिएको छ । कांग्रेस, माओवादी केन्द्र, जसपाले आन्दोलन नगरेको भए संसद् पुनस्र्थापना हुने थिएन ।

तर, अहिले आफैंले भंग गरेको प्रतिनिधिसभा बैठकमा एमाले नेताहरूले लाजै नमानी सभामुखसमक्ष संसदीय सर्वोच्चता कायम गर भन्दै नाराबाजी गरिरहेको विषयलाई धेरैले मन पराएका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *