कोशी प्रदेश

चिर्पट प्रहार गरी आफन्तले नै गरे एकै घरका ६ जनाको हत्या,यस्ता छन प्रहरीले पत्ता लगाएका आठ कारण

संखुवासभा । एकै परिवारका ६ जना सदस्यको विभत्स हत्या भएको एक हप्तापछि प्रहरीले मादी हत्याकाण्डका अभियुक्तलाई सार्वजनिक गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत अभियुक्त २५ वर्षीय लोक बहादुर कार्कीलाई संखुवासभाको चैनपुरमा सार्वजनिक गरेको हो । अभियुक्त लोकबहादुर मृतक परिवारका आफन्त हुन । मृतक परिवार र अभियुक्तको घर करिव डेढ सय मिटरको दूरीमा रहेको छ ।


मादी नगरपालिका वडा नं. १ स्थित उम्लीङ्गको खोलागाउँमा भाद्र २१ गते विहान ६ बजेदेखि साढे ६ बजेको समयमा अभियुक्त कार्कीले एकै परिवारका ६ जना सदस्यको हत्या गरेको १ नम्बर प्रदेश प्रहरी प्रमुख (डिआइजी) अरुण बिसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । अभियुक्त लोकबहादुरले ५५ वर्षीय तेजबहादुर कार्की, ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन भन्ने दिपेन कार्की, ५ वर्षीया गोमा कार्की र ८४ वर्षीया पार्वती भन्ने पार्वता कार्कीको चिर्पट प्रहार गरी हत्या गरेको डिआजी बिसीले जानकारी दिए । खोला गाउँमा बस्दै आएका ७ जना परिवारका सदस्य मध्ये ९० वर्षीय वौद्धबहादुर कार्की मात्र घटनाबाट जोगिएका छन् । मृतक तेजबहादुरले आफूलाई हेप्ने र होच्यने गरेका कारण हत्या गरेको अभियुक्तले वयान दिएकाे डीआईजी बिसीले जानकारी दिए ।


घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी कार्यालय धरान, प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान व्यूरोका ४९ जना प्रहरी परिचालित भएका थिए । प्रहरीले भाद्र २२ गते घटनाको विश्लेषण तथा अनुसन्धान शुरु गर्नका साथै डग परिचालन, घटना स्थल लास जाँच मुचुल्का, भौतिक सबुत प्रमाण संकलन, खानतलासी तथा स्थानीय मानिसहरु सँग सोधपुछ बयान लगायतको कार्य गरेको थियो । घटना स्थलमा मृतक परिवारको घरमा ८ लाख ९८ हजार नगद, सुन चाँदीका गरगहना, तथा मृतकले लगाएका गरगहनाहरु फेला परेको डिआइजी बिसीले बताए ।


यस्ता छन प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएका घटना घटनुका आठ कारणहरु :
१. अभियुक्त वैदेशक रोजगारीको सिलशिलामा सन २०१४ र २०१९ मा दुईपटक कतार र सन २०१६ मा एक पटक मलेसियामा काम गर्न गएकोमा पछिल्लो पटक स्वास्थ्यमा समस्याआई केही महिना पश्चात काम गर्न नसकी फर्की आएको ।


२. अभियुक्त वेलावेला आक्रोशित हुने, नजिकमा रहेकालाई जे पायो त्यहीले आक्रमण गर्न खोज्ने,राती नसुत्ने र एकलै हिड्ने र घरमा निजको बुबा र कान्छा भाईसँग झैझगडा गर्ने स्वभाव रहेको ।


३. अभियुक्तको बुबा कान कम सुन्ने , बोली लटपटिने र तुलत्नात्मक रुपमा कमजोर आर्थिक अवस्था रहेको र मर्नेवेला निजको बुबाले मृतक तेजबहादुरलाई रेखदेख गरिदन भनेकाले मृतक तेजबहादुर कार्की अभियुक्तको घरमा बेलावेला सम्झाउने, काम अराउने र काम नगर्दा किन काम नगरेको , त पागल, अल्छी, काम पनि गर्दैनस भनी हप्काउने गरेको । जुन कुरा अभियुक्त लोकबहादुर कार्कीले गम्भीर रुपमा मनमा लिएको साथै पटक पटक विदेश जाँदा पनि कमाउन नसकेको, विदेश जाँदाकोऋण र आमाको उपचार किरिया खर्च समेत भएको जग्गा वेची तिरेको जुन कुराले अभियुक्तलाई हिनताबोध गराइरहेको ।


४. घटनाको दिन मृतक तेजबहादुरको घरदेखि १ घण्टा पैदल टाढा मादी न.पा. वडा नं. ३ पिप्लेमा रहेको खेतमा गाउँबाट खेताला लग्गने कार्यक्रम रहेकोमा रणबहादुरको घरबाट अभियुक्त लोकबहादुर कार्की निजको भाई नरेश समेत दुईजना जाने कार्यक्रम रहेको ।
५. घटनाको प्रकृति र घटनाको विश्लेषण गर्दा पटक पटकको कुराले मृतक तेजबहादुरप्रति अत्याधिक घृणाको भावना विकास भएको र घटनाको अघिल्लो रात छटपटि भई नसुती विक्षिप्त मानसिक अवस्था रेहेकाले घटना घटाइएको पाइएको ।


६. अभियुक्तको वयान अनुसार मिति २०७८/५/२० गते रातको समयमा निजलाई रातभर निद्रा नलागी छटपटि भई बसेको र मिति २०७८/५/ २१ गते विहान निजको भाई गाइलाई खोले पकाई निजको बुबा र भाई चिया पिइ घास काटन गएको, अभियुक्त एक्लै घरमा रहेको र सोही क्रममा विहान मृतक तेजबहादुर कार्की अभियुक्तको घरतर्फ आएको खेताला कमफर्म गरी फर्कने क्रममा रातभरको अनिदो र विक्षिप्त अवस्थामा रहेको आफुलाई पटक पटक पागल, काम गर्न नसक्ने, भनि भनेको कुरा संझि यही नै उपयुक्त समय ठानी रिसको झोकमा नजिकै रहेको दाउराको चिरपट निकाली पछाउँदै नजिकैको बारीको डिलमा रहेको गोगनको बोट नजिक चिरपटले पछाडीबाट पटक पटक प्राहर गर्दा निज तेजबहादुर ढली अनियन्त्रीत भई भिरालो जमिनबाट लडी तल बाटोमा पुगी धर्मराउँदै लोकेले मलाई मा¥यो भन्दै उठन खोज्दा पुन टाउकोमा प्राहार गरी घोप्टो पारी लडाएको ।


७. तेज बहादुरले हारगुहार गरेको आवाज सुनी निजको श्रीमती कमला र बुहारी रञ्जना समेत घटना भएतर्फ आएकोमा अभियुक्तले निजहरुले समेत थाहा पाएको ठानी निजहरुतर्फ गई कमला भन्ने मनमाया कार्कीलाई खोल्सीमा भेटी सोही चिरपटले दुई –तीत पटक प्राहर गर्दा रनथनिएर बाटोबाट खोल्सीमा खसेको र सोही कक्रममा कमला माथी प्राहार भएको देखि मृतक रञ्जना वेहसोस जस्तै भुइमा ढली उठने क्रममा निजलाई समेत टाउकोमा पटक पटक प्राहार गरी सासु लडेको तर्फ हुत्याइदिएको । घर नजीक बाटो डिलमा आएको दिपेन र गोमालाई अभियुक्तले देखि लखेटी हत्या गरेको मृतकको घरतर्फ गई घर पछाडी खोलेपकाउने ठाउमा पार्वता कार्कीलाई भेटी कपालमा समाती भित्तामा टाउको पटक पटक ठोकाई हत्या गरी घर फर्की घटनामा प्रयोग भएको चिरपट अगेनामा हाली नस्ट गरेको ।


८. घटना स्थलमा रहेको लासहरु रहेको फरक फरक चार स्थान र अभियुक्तले गरेको आक्रमणको प्रकृतिलाई हेर्दा सबै भन्दा शारीरिक रुपमा बलियो तेजबहादुरलाई पछाडीबाट आक्रमण गरी हत्या गरेको र क्रमश तुलनात्मक रुपमा कम्जोर शारीरिक अवस्थाका महिलाहरु नावालकहरु र वृद्धामाथी फरक फरक स्थानमा एकै व्यक्तिले एउटै चिरपटले हानेको देखिएको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *