काठमाण्डौं । पेरुका क्रान्तिकारी नेता अविमयल गुज्मान अर्थात गोन्जालोको जेलमै निधन भएको छ । उनी २९ बर्ष देखि जेलमा थिए । पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ ) को नेतृत्वमा सन १९९२मा पेरुमा भएको राज्य क्रान्तिको समयमा गोन्जालो सत्ता कब्जाको नजिक पुगेका बेला अचानक पक्राउ परेका थिए । उनलाइ फुजिमोरीको सरकारले पक्राउ गरि जेलमा राखेको थियो । गोन्जालो विरुद्ध परेको मुद्धामा अदालतले आजिवन कारावासको सजाय तोकेको थियो । जेलमै उनको आज निधन भएको हो ।
नेपालको माओवादी युद्ध पेरुको यहि आन्दोलनको सिको गर्दै गरिएको पुर्वमाओवादी नेता डा.वावुराम भट्टराइले जनाएका छन । उनको निधन भएको खवरपछि नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल,जसपा नेता डा.वावुराम भटटराइ लगायतका वाम नेताले दुख प्रकट गरेका छन ।




