काठमाण्डौं । नेकपा एमालेबाट राजीनामा दिएका वामदेव गौतम माधव नेपालले नेतृत्व गरेको दल नेकपा एकिकृत समाजवादीको उपाध्यक्ष हुने भएका छन । उनलाइ माधव नेपालले तेस्रो वरियताक्रममा राख्ने निश्चित गरेका छन । समाजवादीमा माधव नेपाल,झलनाथ खनाल पछि वामदेवको स्थान रहनेछ । नेकपा एकिकृत समाजवादीको विश्वस्त स्रोतका अनुसार,वामदेव गौतम यसको लागि तयार भइसकेका छन । तर,उनले माधव नेपालको पार्टीले जनताको बहुदलिय जनवादलाइ मार्गनिर्देशक सिद्धान्त मान्नुपर्ने सर्त राखेका छन । माधवको दलले भने माक्र्सवाद,लेनिनवाद र जबज हुदै समाजवाद स्विकार गर्ने आश्वासन दिएको छ ।
यसपछि उनीसंग सैद्धान्तिक विमति सकिएको वताइएको छ । तर,वामदेव गौतमले राजीनामा दिएपनि उनकी श्रीमती तुलसा थापा भने एमाले संसदीय दलको वैठकमा निरन्तर भाग लिइरहेकी छिन । स्रोतका अनुसार,माधव नेपालको पार्टीमाप्रवेश गर्दा सांसद पद जाने भएपछि उनी प्राविधिक रुपमा मात्र एमालेमा वसेकी हुन ।




