रिबन

मर्यादापालकलाई हातमा टाेक्ने एमाले सांसद काे हाे ?

काठमाडाैं । संसद र सडकमा वितण्डाकाे लामाे किस्सा एमालेकाे नाउँमा रेकर्डेड छ। सडकका रेलिङ भाच्ने,५८ दिनसम्म सदन चल्न नदिने, राचन्द्र पाैडेललाइ जुत्ताले हान्ने यी सवै खालका उदण्डताकाे रेकर्डलाई पनि माथ गर्ने रेकर्ड एमाले अर्काे बनाएकाे छ।

हिजाे शुक्रवार सदनमा विराेध प्रदर्शन गर्ने क्रममा मर्यादा नाघेर विराेध प्रदर्शन गरेकाे एमाले सांसद उनीहरूलाइ मर्यादामा राख्ने मर्यादापालककाे हात नै टाेकिदिएका छन। काेही मर्यादापालककाे काँधमा टेकेर राेष्ट्रमा जान खाेजेका थिए त काेही उफ्रिएर।यस्ताे बेलामा उदण्डताकाे हद नाघ्ने गरि सांसदले नै मर्यादा पालककाे हात टाेकिदिएका छन। सांसद हात टाेक्दा मर्यादापालककाे हातमा घाउ लागेकाे छ।

तर,यसरी हातमा घाउ नै लाग्ने गरी टाेक्ने अमर्यादित सांसद काे हाे भनेर पत्ता भने लागिसकेकाे छैन।तर पनि यसकाे फाेटाे भने फेला परेकाे छ।निहुरिएर हातमा टाेक्दै गरेकाे फाेटाेकाे गहिराे अध्ययन पछि सांसद काे हाे भनेर पत्ता लगाउन सकिनेछ। तर,विधि निर्माण गर्ने थलाेमा यति अमर्यादित हरकत गर्ने काे हाे ? भनेर खाेज्ने क्रम भने सुरू भएकाे छ।

तस्वीरमा हेर्दा सांसदले हात टाेक्दा छेवैकाे कुर्सीमा कांग्रेस नेताहरू डा.शशांक काेइराला, प्रकाशमान सिहले अस्वाभाविक भावमा हेरेकाे देखिन्छ। मर्यादापालकलाई टाेकेकाे कुरा अन्य मर्यादापालकले पनि हरेकाे प्रष्ट देखिन्छ।

अव सवाल उठछ- संसदमा यति अमर्यादित र हिंस्रक काम गर्ने सांसदलाई एमालेले कस्ताे कारवाही गर्छ ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *