काठमाण्डाैं । गगन थापा कांग्रेस सह-महामन्त्री वन्न चाहन्थे। तर,सभापति शेरवहादुर देउवाले डा.प्रकाशशरण महतलाइ याे स्थान दिए। सञ्चार माध्यामसंग मधुर सम्वन्ध वनाएका र आफना कुरा मज्जासंग अभिब्यक्त गर्न सक्ने नेता थापाले यसपछि पार्टी प्रवक्तामा आखा लगाए । याे स्थान रिक्त थियाे तर प्रधानमन्त्रीकाे राजीनीतिक सल्लाहका वनाउन ठिक्क परेका देउवालाइ कृष्णप्रसाद सिटाैला रिसाउलान कि भन्ने डर भयाे । अनि,उनले विश्वप्रकाशलाइ राजनीतिक सल्लाहकार वनाएनन।पार्टी भित्र युवा नेता भन्याे कि गगनकाे नाम आउने अवस्थालाइ कसरी चिर्ने भनेर साेचमग्न देउवाले विविध कारणले यसपछि विश्वप्रकाश शर्मालाइ राेजे र पार्टी प्रवक्ता वनाए।उनलाइ प्रवक्ता वनाएपछि पार्टीका आधिकारिक धारणा समयमा सार्वजनिक हुन थाले।देउवाकाे राेजाइ सही भयाे भनेर आम प्रतिक्रिया सार्वजनिक भयाे। तिनै प्रवक्ता शर्माले वीपी जयन्तीकाे दिन महामन्त्रीमा उम्मेदवारी घाेषणा गरे ।
वीपी ८ बर्ष जेल बसेकाे सुन्दरीजल कारागार जाे यतिवेला संग्राहलय छ,त्यहाँ पुगेर उनले रूद्राक्षकाे रूख राेपे अनि उम्मेदवार घाेषणा गरे।जतिवेला वीपी जेलमा थिए उनले त्यहीजेलमा कपुरकाे रूख राेपे जाे अझै छ।यहि स्मरण गरेर विश्वले रूद्राक्ष राेपेकाे वताए। धेरैले यसलाइ पत्याए तर राजनीतिकाे नशा नशा वुझेकाले यसकाे कारण खाेतल्न थाले।
कांग्रेसकाे नेताले रूख राेप्नु स्वभाविक हाे । तर,रूद्राक्षकै रूख किन ? रूद्राक्ष भनेकाे भगवान रूद्र अर्थात शिवकाे अंश मानिन्छ।यसकाे धार्मिक महत्व छ । धर्मनिरपेक्षता सहितकाे संविधान जारीगर्ने पार्टीकाे प्रवक्ताले रूद्राक्ष राेप्नुकाे यसकारण अर्थ छ।
अलिकति पृष्ठभुमिमा जाने हाे भने केही हप्ता पहिला मात्र उपसभापति विमलेन्द्र नीधिले धर्मगुरूहरू सामुन्ने राखेर सम्पर्क कार्यालय खाेले र सभापतिकाे उम्मेदवारी घाेषणा गरे।ठयाक्कै यहि लय समात्दै साना वीपीले रूद्राक्ष राेपेकाे सन्दर्भ जाेडिन्छ।
विश्वप्रकाशलाइ प्रवक्ता शेरवहादुर देउवाले वनाए।अर्थात जिम्मेवारी दिए।पार्टी प्रवक्ता भनेकाे मुलत पार्टीकाे प्रचारयाेग्य वस्तुकाे प्रचार गर्ने संयन्त्रकाे प्रमुख हाे । र,उसले पार्टी र सभापतिकाे चाहनालाइ बढता हितमा राख्ने गर्दछ। अर्थात सभापतिले आफु अनुकुलकाे मानिसलाइ नै प्रवक्ता ताेक्ने गर्दछन।तर,सभापति देउवाले पुन सभापति हुने कुरा अझै घाेषणागरिसकेका छैनन।उनले टिम पनि वनाएका छैनन।तर,शर्माले किन महामन्त्री घाेषणा गरे ? के उनले देउवा क्याम्प छाडेका हुन ? एकातिर धर्मगुरू राखेर निधिले सभापतिकाे उम्मेदवारी घाेषणा गर्नु र अर्काेतिर विश्वले रूद्राक्ष राेपेर महामन्त्री घाेषणा गर्नुमा संयाेग मात्र हाेला र ? यसकारण प्रश्न खडा भएका छन।
यसका दुइ कारण हुन सक्छन-एक,सभापति देउवालाइ टिम वनाउने सवालमा साेझाे मुखले वा अनुराेधकाे भाषामा भनेर हुन्न भनेर दवाव दिन महामन्त्रीकाे घाेषणा गर्नु ।
दुइ,टिम परिवर्तन गर्नु।
विश्वकाे हकमा दुवै कुरा लागु हुन सक्छन।र,अर्काे कारण पनि हुन सक्छ-महामन्त्री भनेर पदाधिकारीमा संस्थापन पक्षबाट अटाउने काेशिश गर्नु वा दावेदारी प्रस्तुत गर्नु।




