रिबन

मन्त्री छान्न जसपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक बस्दैछ। आज बस्ने बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुनेको नाम चयन गर्ने तयारी छ।

जसपाबाट मन्त्री बन्नेको नाम लगभग टुंगो लागिसकेको र यसवारे थप छलफल गरी सिफारिसका लागि बैठक आह्वान गरिएको छ। बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यलयमा शनिबार दिउँसो १ बजे बस्ने सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *