काठमाण्डौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन असाध्यै विवादित वनेपछि यतिवेला एमसिसिकी उपाध्यक्ष फतिमा जेड सामुर नेपाल भ्रमणमा छिन । उनी अब यो विषय वार कि पार गर्ने गरि नेपाल झरेकी हुन । काठमाण्डौं उत्रे देखि नै असाध्यै ब्यस्त तालिका राखेकी फतिमाले पहिलो भेट नै पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाइ गरेकी छिन । झट्ट हेर्दा विपक्षी धारणा वुझन उनले ओलीलाइ भेटेको भन्न सकिन्छ तर खासमा साढे तिन बर्ष सरकारमा रहदा एमसिसि पास गर्ने कडा लाइनमा उनै ओली थिए ।
एमसिसिलाइ सदनमा नलैजादा षडयन्त्रमा पर्नु परयो भने पुर्वसभामुख कृष्णवहादुर महरा भनिरहेका छन । चुनावी सभा देखि प्रधानमन्त्री हुदासम्म केपी ओली एमसिसिकै पक्षमा थिए । तर जब उनी विपक्षमा पुगे तब देखि एमसिसिको पक्षमा छैनन । विपक्षमा पुगेपछि उनले वारम्वार भनेका छन यो सरकारको विषय हो । अहिले पनि उनी यहि कुरा भनिरहेका छन । सरकारमा हुदा र वाहिर वस्दा ओलीको वोलीमा किन ३सय ६० डिग्रीको बदलाव ? यहि प्रश्नको उत्तर खोज्न फतिमा सामुर वालकोट पुगेकी हुन । वालकोटको यो भेटमा फतिमाले ओलीको नारी छामेकी छिन । ओलीले एमसिसिको विपक्षमा मत राखेनन तर कुरा यति हो कि उनले यसको पक्ष पनि लिएनन । अर्थात उनी विचमा वसेका छन । हिजो उग्र समर्थन गर्ने ओली आज किन मध्यपन्थ रोजिरहेका छन त ?
केपी ओलीको राजनीतिक लाइन र जिवन हेर्दा परिणाम हेरेर वोल्ने मानिस उनी होइनन । सामान्यत वोलेका कुरामा अडिने मानिस हुन । सरकारमा रहदा उनले म्यान अफ वर्डलाइ कायम राख्न सकेनन । यतिवेला पनि एमसिसिमा उनको वोली फेरिएको जस्तो देखिन्छ । तर,खासमा ओलीको दाउ अर्कै छ । वास्तवमा ओली के चाहन्छन ?
केपी ओली यतिवेला माधव नेपाल र प्रचण्डसंग रिसले आगो भएका छन । पुष ५ मा संसद विघटन गरिसक्दा पनि शेरवहादुर देउवासंग मधुर सम्वन्ध राख्न सकेका ओली यिनै नेपाल र प्रचण्डसंग गठवन्धन गरेपछि देउवासंग पनि हल्का टाढिएका छन । उनी देउवासंग यसकारण मात्र रुष्ट छन कि उनले प्रचण्ड र माधवलाइ अंगालो हाले भनेर । यतिवेला ओलीको अर्को कुनै रणनीति नै छैन भन्दा पनि हुन्छ । उनी यति मात्र चाहन्छन कि सत्ता गठवन्धन टुटोस र माधव र प्रचण्ड अलपत्र परुन । सत्ता गठवन्धनमा तिन वटा घटक वाम छन भने एउटा मधेशी दल छ र कांग्रेसले नेतृत्व गरिरहेको छ । वाध्यताको यो गठवन्धन स्रोत केपी ओली नै हुन ।
आज वालकोटमा वसेर ओली वालुवाटार हल्लाउने कोशिश गरिरहेका छन । ओलीको राजनीतिक जित त्यतिवेला मात्र हुनेछ जब यो गठवन्धन टुटनेछ । यसकारण उनी काठ चिर्न फेसो प्रयोग गरे झैं सत्ता गठवन्धन फुटाउन एमसिसि प्रयोग गरिरहेका छन । यसकारण उनी एमसिसिमा दुइटुक जवाफ दिइरहेका छन । अर्थात एमसिसि प्रति थोरै नरम भएका छन र देउवालाइ मद्धत गर्न पनि तयार छन तर यसको लागि उनका सर्त छन । र,सर्त हो गठवन्धनका सहयात्री फेरवदल गर्ने । खासमा ओली अझै पनि देउवा गठवन्धन भत्कियोस,संसद विघटन होस र अर्लि इलेक्सन होस भन्ने नै चाहन्छन । यसो भएमा कांग्रेसले एक्लै चुनाव लडनेछ र दोस्रो दल एमाले हुन्छ अनि फुटेका अन्य दलको नामोनिशान मेटिन्छ भन्ने उनको रणनीति छ । यसैकारण एमसिसिमा प्रष्ट लाइन पनि नलिने र यसको कडा विरोध पनि नगर्ने विचको वाटो उनी लिइरहेका छन ।




