काठमाण्डाैं । एमाले सांसदकाे विराेधकाे विच सरकारले अघिल्लाे सरकारले ल्याएकाे बजेट हटाएर नयाँ बजेट ल्याएकाे छ।अर्थमन्त्री जनार्दन शर्माले करकाे दर र दायरा समेत घटवढ गरेर नयाँ बजेट ल्याएका हुन तर उनले उनले यसरी अघिल्लाे बजेट प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउँदा एमाले सांसद विराेध मात्र नभए पटक पटक राेष्ट्रममा चढने अथक प्रयत्न गरेका थिए।
अर्थमन्त्री जनार्दन शर्माले बैठक, सेमिनार र भ्रमण भत्तामा १० प्रतिशत कटौती गर्ने घोषणा गरेका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७८र८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सो घोषणा गरेका हुन् । उनले कार्यक्रम, बैठक भत्ता, भ्रमण इन्धन, मर्मत, गोष्ठी, अनुगमन खर्च र भत्तामा १० प्रतिशत कटौती गरी सो रकम कोभिड उपचारको लागि जम्मा गर्ने बताए । यसरी ५ अर्ब रुपैयाँ बचत हुने र त्यसबाट कोभिड खोपको प्रबन्ध मिलाएको बताए । उनले हालसम्म १ करोड ३३ लाख ६९ हजार खोप नेपाल भित्रिसकेको र ३ करोड खोप भित्रिने क्रममा रहेको बताए । विभिन्न राजनीतिक तथा परिवर्तनका आन्दोलनमा वलिदान गर्ने परिवार ९शहीद० लाई जीवनवृत्तिस्वरूप मासिक ३ हजार प्रदान गरिने अर्थमन्त्री शर्माले बताएका छन् ।




