रिबन

एमाले सांसदले संसदकाे टेवल भाँचे

काठमाण्डाैं। पार्टी फुटाउन पाइदैन भनेर नारा लगाउने एमाले सांसदले टेवल नै भाचिदिएका छन। अर्थमन्त्री जनार्दन शर्माले विध्येक पेश गर्न जान लाग्दा मर्यादापालक र सांसद विच भएकाे घम्साघम्सीमा एमाले सांसदले संसदकाे टेवल र कुर्सि नै भाचिदिएका हुन।

एमालेले कारवाही गरेकाे माधव नेपाल सहितका १४ जना सांसदलाइ सांसदबाट किन नहटाएकाे भन्दै एमालेले सभामुख माथि रिस पाेखिरहेकाे छ। यहि क्रममा सदन सुरू हुने वित्तिकै विराेध प्रदर्शन गरेका थिए।संसदकाे पहिलाे र दाेस्राे वैठक समेत अवराेधका विच चलेकाे थियाे।अवराेधकै विच सरकारले तिन वटा विध्येक पेश गरेकाे छ।

एमाले सांसदले वेल घेराउकाे काेशिश गरेका थिए।सांसद नारदमुनि रानाथारू त सांसदहरूकाे कुममा टेकेर समेत माथि चढन खाेजेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *