काठमाण्डौं । १४ औं महाधिवेशनमा लागेको नेपाली कांग्रेसको सभापति शेरवहादुर देउवाइतर समुहले रामचन्द्र पौडेललाइ उम्मेदवार नवनाउने भएको छ । पौडेलसमुह भनेर यो गुटलाइ भनिएपनि खासमा पौडेल समुहले पौडेललाइ नै उम्मेदवार नवनाउने भएको छ । भदौ १८ गते वडा अधिवेशन गर्न खोज्दा नै पौडेलले आफनो नाममा सर्वसम्मत उम्मेदवार घोषणा होस भनेर चाहेका थिए तर यो सम्भव भएन । खासमा पौडेललाइ प्रकाशमान सिंह,डा.शेखर कोइराला र डा.शशांक कोइराला मध्ये कसैले पनि सभापतिको उम्मेदवार वनाउन तयार भएनन । उनीहरु विच भएको छलफलमा कसैले पनि पौडेललाइ सभापतिको उम्मेदवार छान्न नमानेपछि उनी स्वयम पछि हटछन भन्ने अनुमान पौडेल समुहको थियो तर यसका वावजुद पनि पौडेल उम्मेदवार हुने चाहना राखेर अझै हिंडिरहेका छन ।
पौडेल समुहकै एक प्रभावशाली नेताका अनुसार,पौडेल अब सभापतिको उम्मेदवार हुनै सक्दैनन । उनको लागि १३ औं महाधिवेशन एउटा अवसर थियो र अब १४ औं महाधिवेशनमा उम्मेदवार हुने कुनै सम्भावना छैन । कांग्रेस वडा अधिवेशनले धेरैनयाँ अनुसार र युवालाइ चुनेर ल्याएको छ । यसरी हेर्दा युवाको आकर्षण कांग्रेसमा देखिन्छ । र,पौडेल समुहमा रहेका दोस्रो पुस्ता भनिएका नेताहरु पनि ६५ बर्ष माथिका रहेको हुनाले उनीहरुले यो महाधिवेशनलाइ नगुमाउने रणनीति वनाएका छन ।




