काठमाडौं । नेपाली कांग्रेस चौधौँ महाधिवेशनका निर्वाचन प्रमुख महादेव यादवले महाधिवेशनको मुखमै राजनीमा दिएपछि कांग्रेसमा हंगामा मच्चिएको छ । यादव कांग्रेस सभापति शेरबहादुर देउवाका निकट कानुन व्यवसायी हुन् । सोही कारण उनलाई निर्वाचन समितिको संयोजक बनाइएको थियो ।
तर, डडेल्धुरामा देखिएको क्रियाशील विवाद उत्कर्षमा पुगेपछि यादवको राजीनामा आएको बुझिएको छ ।डडेल्धुरामा आज वडा तहको अधिवेशन हुँदैछ । देउवाको गृहजिल्लामा अनावश्यक रूपमा क्रियाशील सदस्यता विवाद उचालिएको छ । जिल्ला सभापति कर्णबहादुर मल्ल र कांग्रेस उपसभापति विमलेन्द्र निधिको अनावश्यक चलखेलले गर्दा डडेल्धुरामा क्रियाशील विवाद देखिएको बताइन्छ ।
देउवालाई एक्ल्याउन निधि पनि लागेका कारण र वडा तहको अधिवेशन रोक्न निधिले दबाब दिएकैले यादवले राजीनामा दिएको स्रोतले बतायो । यद्यपि कांग्रेसले उनको राजीनामा स्वीकृत गरिसकेको छैन




