रिबन

प्रचण्डले फतिमालाई भने-अहिल्यै एमसीसी पास गर्न सकिन्न

काठमाण्डाैं । नेपाल उत्रिदेखि नै नेपालका नेताहरूसंग वाक्लाे भटेघाटमा जमेकी एमसिसिकी उपाध्यक्ष फतिमा जड सामुरले शुक्रवार विहानै नेकपा माअेावादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेटिन।उनीहरूविच खुमलटारमा घण्टाभर सम्वाद भयाे।भेटमा फतिमाले प्रचण्डलाइ एमसिसिकाे सन्दर्भमा मनाउने काेशिश गरेकी छिन।उनले प्रचण्डलाइ एमसिसि सुरक्षा रणनीतिकाे अंग नभएकाे प्रष्ट पारेकी छिन। उनकाे यस्ताे कुरा सुनेपनि अध्यक्ष दाहालले भने अहिले नै एमसिसि पास गर्ने अवस्था नरहेकाे वताएका छन।उनले एमसिसिकाे वारेमा केही शंका रहेकाे र यसका वारेमा प्रश्न उठेकाे भन्दै यसका वारेमा भ्रम निवारण नभइ पास गर्न कठिन हुने जवाफ फर्काएका छन।

अध्यक्ष दाहालसंगकाे भेटमा फतिमाले एमसिसिकाे पक्ष र फाइदाकाेवारेमा वताएकी थिइन।यसाे भएपनि प्रचण्डले भने विवादकाे बेलामा एकल ढंगबाट एमसिसि अघि बढाउन नसकिने वताए।उनले यसमा राष्ट्रिय सहमति खाेज्नु पर्ने वताएका छन।

चार दिने भ्रमणमा नेपाल अाएकी फतिमाले दाेस्राे दिन अध्यक्ष दाहाललाइ भेटेकी हुन ।उनले भेटकाे सिलसिला केपी अेालीबाट सुरू गरेकी थिइन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *