काठमाण्डाैं । नेकपा एकिकृतका अध्यक्ष माधव नेपालसंग एमसिसि उपाध्यक्ष फतिमा सामुरले भेट गरेकी छिन। नेता नेपालकाे निवास काेटेश्वरमा भएकाे भेटमा माधव नेपालकाे साथमा गंगालाल तुलाधर र पुर्वराजदु प्रमेश हमाल पनि थिए।
केपी अेालीसंगकाे भेटपछि फतिमाले माधव नेपाललाइ भेटेकी हुन।एमसिसि प्राजेक्टकाे लागि नेताहरूकाे घर घर पुगेकी फतिमालाइ माधव नेपालले नरम कुरा गरेका छन।याे भेटमा अध्यक्ष नेपालले सामुहिक छलफल गरेर अघि बढने विचकाे भाषा वाेलेका छन।नेता नेपाल सत्तापक्ष भएकाेले यसमा के गर्ने भनेर सत्तारूढ गठवन्धनमा छलफल गर्ने जानकारी गराएका छन।
नेताहरूले फतिमासंगकाे वार्तालापमा एमसिसि प्रति खास कडा जवाफ दिएका छैनन ।तर यसाे भन्दैमा उनीहरूले अहिले नै पास गर्छाैं भनेर कुनै वचन पनि दिएका छैनन।
नेता नेपालले भने गठवन्धनमा छलफल गरेर सहमतिकाे साथ अघि वढने बताए।यसअघि केपी अेालीले सरकारकाे विजनेश भएकाेले उ कसरी प्रस्तुत हुन्छ त्यसमा भर पर्ने विचकाे भाषा वाेलेका थिए।तर सरकारमा रहदा एमसिसि पास गर्न काेशिश गरेकाे पनि फतिमालाइ स्मरण गराएका थिए।फतिमाकाे नेपाल बसाइ चार दिनकाे रहेकाे छ।यसविचमा उनले सवै खालका नेताहरूलाइ भेटेर एमसिसिकाे वारेमा सकारात्मक धारणा वनाउने काेशिश गर्नेछिन।




