काठमाण्डाैं । नेकपा एमालेले आजको संसदको अधिवेशनको पहिलो बैठकमा सभामुखविरुद्ध नाराबाजी गरेका छन् । उनिहरुले सभामुखकै सामुन्ने सभामुखको बिरुद्द नाराबाजि गरेका हुन् । एमाले सांसदले वेल घेराउ गर्दै सभामुख अग्नी सापकाेटाविरूद्ध मुर्दावादकाे नारा लगाएका हुन।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आजका लागि आह्वान गरेको संसदको अधिवेशनको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको पत्र पढेर सुनाएका थिए । त्यसपपिछ बैठकको सुरुवात गरेरसँगै एमालेले संसद्को बैठक अबरुद्ध पारेको हो ।
एमाले सांसदहरू उठेर अवरोध गरेपछि संसदकाे वातावरण अलि तनावपुर्ण वनेकाे थियाे।संसदकाे नियमावलीमा सभामुख विरूद्ध मुर्दावादकाे नारा लगाउन पाइन्न।सभामुखसंग प्रत्यक्ष सम्वन्धि विषय वाहेक अन्य विषयमा नारावाजी गरेपछि सभामुख अाक्राेशित भएका थिए।उनले संसदकाे नियमावली सम्झाउदै परिधि ननाघ्न भनेका थिए।यसपछि सभामुखले १५ मिनेटलाइ संसद राेके तर यसपछि वसेकाे संसद वैठकमा पनि नारा लागेपछि दाेस्राे पटक पनि संसद वैठक अवरूद्ध भएकाे छ।




