रिबन

निराश हुदै प्रचण्डले भने–माओवादी विघटन गरौं

काठमाण्डौं । माओवादी पार्टी छाडेपछि डा.बाबुराम भटटराइले भनेका थिए–माओवादी पार्टी अब काम छैन,पेरिसडाडाको घरमा रेड स्टिकर टाँसौं । उनको यो भनाइमा उतिवेला माओवादी पंक्ति सहमत थिएनन र उनको वदख्वाइ गरे । तर वुधवार माओवादी केन्द्र कै अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी प्रतिक्रान्तिको सेवा गर्ने तहमा पुग्न लाग्यो भन्दै यस्तै हो भने यो पार्टी विघटन गरौं भन्ने प्रस्ताव गरेका छन । उनले भनेका छन–क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुन्छ ।

अध्यक्ष प्रचण्डले एमालेले डलर भित्र्याएर पार्टीभित्र गुट उपगुट बलियो बनाउन खोजेको बताउदै सूर्य चिन्ह र मदन भण्डारीको नाम प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको वताए । उनले एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने वताए।
अहिले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको उल्लेख गर्दै एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएका छन । उनले यथास्थीतिमा एमसीसी पारित हुन नसक्ने पनि स्पष्ट पारेका छन।

अध्यक्षले आफुहरु गठबन्धनलाई बचाएर सकारात्मक रुपमा अघि बढ्न तयार रहेको बताए । अर्कोे वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने र प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको उनकाे भनाइ छ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (वैरागी) को २२ औं स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जहिले पद प्रतिष्ठाकाे लागि मात्र लागिरहने हाे भने यस्ताे झुण्डले प्रतिक्रान्ति राेक्न नसक्ने वताएका हुन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *