काठमाडाैं । तुलनात्मक रूपमा नेपाल भन्दा अनुभवी पपुवा न्युगिनीले नेपाललाइ जितकाे लागि १३५ रनकाे लक्ष्य दिएकाे छ।ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले १३४ रन वनाएकाे छ।
अब नेपालले जितकाे लागि १३५ रन जाेडनुपर्छ।पपुवा न्युगिनी विरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिएका छन । सन्दीपले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् । उनकाे धमाकेदार प्रस्तुति थियाे।
पपुवा न्युगिनीबाट कुनै पनि खेलाडीले अर्धशतक पनि बनाउन सकेनन् । उसका लागि लेगा सियाकाले ३०, चाल्र्स अमिनीले २३ र गौडी टिकाले २२ रन बनाए र चाद सोपरले अविजित १७ रन बनाए ।




