रिबन

सर्वाेच्चमा ओलीलाइ अर्काे धक्का,सभामुख विरूद्धकाे रिटमा अन्तरिम आदेश दिएन

काठमाण्डाैं । सभामुख अग्नी सापकाेटा विरूद्ध मुद्धा लिएर सर्वाेच्च अदालत पुगेका नेकपा एमालेका अध्यक्ष केपी अेालीलाइ अर्काे धक्का लागेकाे छ।

सभामुख सापकाेटाले नियतवश एमालेले कारवाही गरेका सांसदलाइ निलम्वन गर्न विलम्व गरेकाे भन्दै अध्यक्ष अेाली सभामुख सापकाेटालाइ कारवाहीकाे माग गर्दै अदालत पुगेका थिए तर उनकाे याे अपिल अनुसार अदालतले अन्तरिम

दिन भने मानेनन । एमालेले कारवाही गरेको संघिय संसदका १४ जना र लुम्विनी प्रदेशका २ जना सांसदलाइ सभामुख सापकोटाले निलवम्वन गर्न ढिलाइ गरेको एमालेको आरोप छ । एमालेले माधव नेपाल सहितका सांसदलाइ साउन २५ मा कारवाही गरेको र भदौ १ मा संसद सचिवालयमा जानकारी गराए पनि कारवाही गर्न विलम्व गरेको वताएको छ ।
अदालतले मंगलवार अन्तरिम आदेश दिन नमानेपनि दुवै पक्षलाइ भदौ २८ गते अदालतमा उपस्थित हुन आदेश दिएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको इजलाशले यस्तो फैसला गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *