रिबन

सरकारले भारतलाई कुटनीतिक नाेट पठायाे

काठमाडौं । सरकारले अलग अलग दुइ वटा कुटनीतिक नोट भारतलाई पठाएको छ। दार्चुलामा तुइन तर्ने क्रममा भारतीय सुरक्षाबल एसएसवीले तुइन काटिदिएर वेपत्ता भएका जय सिह धामी र हेलिकोप्टर अनधिकृत रूपमा नेपाली भुमिमा उडाएको भन्दै सरकारले यसविषयमा अलग अलग कुटनीतिक नोट पठाएको हो।

भारतले यी दुवै घटनामा कुनै जवाफ दिएको छैन । बरू जय सिह धामी घटनामा भारतले यसवारेमा जानकारी नभएको वताएर पन्छिन खोजेको थियो। सरकारले गठन गरेको छानवीन समितिले रिपोर्ट वुझाएपछि पनि सरकार मौन वसेको थियो तर यसवारेमा जनस्तरमा नै विरोध प्रारम्भ भएपछि सरकारले सोमवार कुटनीतिक नोट पठाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *