जनकपुरधाम। प्रदेश नम्बर २ मा केही समयदेखि आफन्तबाट आफन्तको हत्याको डरलाग्दो अवस्था सिजना भएकाे छ । धनुषाका भागेश्वर मण्डलले वर्ष ३० कि आफ्नै श्रीमती अमृता र ५५ वर्षिय बुबा रामबृक्षलाई आपत्तिजनक अवस्थामा देखेपछि आक्रोशित भागेश्वरले रातिको समयमा दुबैको हत्या गरि आफ्नै खेतबारीमा एउटै खाल्डोमा दुबै लास गाडेको अवस्थामा प्रहरीले बरामद गरेको छ।
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाका वडा नम्बर ५ ललिया टोल निवासी वर्ष ३५ का भागेश्वर मण्डल वैदेशिक रोजगारीको लागि विदेशमा रहदा ससुरा- बुहारीको सम्बन्ध स्थापित भएको अनुमान रहेको छ। चार वर्षको मलेसियामा काम गरि फर्केका भागेश्वरले विवाह गरि एक वर्ष पश्चात् पुन: कतार उडेका थिए। विगत चैतदेखि घरमै बसिरहेका भागेश्वरले बुबा र श्रीमतीलाई एउटै ओछ्यानमा आपत्तिजनक अवस्थामा देख्दा रिस थाम्न नसकेपछि दुबैको हत्या गरि एउटै खाल्टाे खनी लास गाडेका थिए।
आफ्नै प्रेमी बाट साउन ३० गते हत्या गरिएकी सर्लाही जिल्लाको लालबन्दी नपा १७ रानीगञ्ज निवासी वर्ष १४ कि प्रियंका भुजेलको शव कालिन्जोर खोलामा गाडिएको अवस्थामा फेला सर्लाही प्रहरीले प्राप्त गरेका थिए । सोही ठाउँ निवासी वर्ष १८ का मनिष दाहाल संग गहिरो प्रेम सम्बन्ध रहेपनि विवाह सम्बन्धमा दुवैमा विवाद रहेको तर प्रियंकाले भागि विहे गर्न मनिषमाथि दवाव बनाउने क्रममा नभागे हल्ला गर्ने गर्ने प्रियंकाको आवाज सुन्दा मनिष डराएर प्रियंकाको मुख थुन्दा तिनको मृत्यु भएको देख्दा मनिष डराएर मृत प्रियंकको शवलाई खोलामा गाडिदिए।
महोत्तरी जिल्लाको लोहारपट्टी नपा वडा नम्बर ७ भमरपुरा टोल निवासी जेष्ठ १९ गते,२०७८ देखि वेपता रहेको वर्ष २६ कि सुजिता ठाकुरको शव सडेगलेको अवस्थामा एक महिना पश्चात् निर्माणाधीन शौचालयको जगमा गाडिएको अवस्थामा प्रहरीले वरामद गरेको थियोे। परपुरूषसंग अनैतिक सम्बन्ध गासिएको आरोपमा योजनाबद्ध तरिकाबाट मृतिका सुजिताका ससुरा,देवर र सुजितालाई जन्म दिने बुबा मिलि हत्या गरि सुजिता बेपत्ता भएको झुठा प्रचार गरि भ्रम फैलाईरहेका थिए।
त्यस्तै विधि २०७८साल बैशाख महिनाको १७ गते राति धनुषा जिल्लाको हँसपुर नपा ६ टिल्ही टोलमा वर्ष ३५ का शम्भु मण्डललाई वर्ष २५ कि श्रीमती शुशिला मण्डलले देवर सुनिल मण्डल र संजय मण्डल संग मिली हत्या गरिएको खुलासा भएको छ। पत्नीको अवैध सम्बन्ध साकै भाइ संग भएको थाहा पाउँदा नै शंभुले ज्यान गुमाउनु पर्यो। धनुषाकै लक्ष्मीनियाँ गाउँपालिकाका वडा नम्बर ४ सपही निवासी वर्ष २२ को प्रियंका देवीको हत्या निजकै श्रीमान संतोष पासवानले पत्नी अरूसंग लागेको आसंकामा २०७८ असार ४ गते राति सुत्ने बेलामा विवाद भएर झगडाको अवस्थामा संतोषले पत्नी प्रियंकाको घाँटी थिचि हत्यागरेको प्रहरीको भनाइ रहेको छ।
प्रायःजसो घटना आपसी बादविवाद, अनैतिक सम्बन्ध, वैदेशिक रोजगारी, कमजोर आर्थिक अवस्था, घरजग्गा विवाद, लेनदेन विवाद, पारिवारिक कलह,सामाजिक तथा अमर्यादित क्रियाकलाप, अनुशासनहिनता,सम्पति विवाद,स्वार्थि प्रवृत्ति, लोभलालच,अवैधानिक र चाँडै सम्पति आर्जन गर्ने मनोवृत्ति, गलत खानपिन,गलत संगत,नकारात्मक सोच, प्रतिष्ठा जोगाउन गरिएको गलत काम जस्ता घटना बढेको प्रहरी र बिज्ञको धारणा रहेको छ।




