रिबन

वामदेवलाइ अनेकाैं झडका, माधव समुहले मन्त्री नवनाउने

काठमाण्डौं । एमाले छाडेर माधव नेपालको पार्टी नेकपा एकिकृत समाजवादीमा प्रवेशको साइत कुरेर वसेका वामदेव गौतमलाइ मन्त्री नवनाउने निर्णयमा माधव नेपाल समुह पुगेको छ । मन्त्री कसलाइ र कति वनाउने भन्ने विषय २२ गते पछि मात्र टुंगो लगाउने भनेर सवै नेताहरुको मुख वुजो लगाएर समाजवादीले वामदेवलाइ भने मन्त्री नवनाउने निधो गरेको छ । नेकपा एकिकृत समाजवादी स्रोतका अनुसार,धेरै पटक मन्त्री भएका र मन्त्रीको रुपमा वदनाम भएकालाइ यसपटक मन्त्री नवनाउने सोचमा माधव नेपाल समुह पुगिसकेको छ । स्रोत भन्छ–पहिले मन्त्री भइसकेका यसपटक मन्त्री हुदैनन । अपवादको रुपमा छोटो अवधि मन्त्री भएका नेतालाइ सम्म चित्त वुझाउन मन्त्री वनाउन सकिन्छ । नेकपा एमाले छाडेर माधव नेपालको पार्टीमा प्रवेश गरेका प्रेम आले,किसान श्रेष्ठ यो तर्क अनुसार मन्त्री वन्ने देखिन्छ ।

एमालेबाट एकिकृत समाजवादीमा आउन ढिला गरेका गौतमसंग जिल्ला र केन्द्रिय स्तरमा नेता नभएको पनि वुझिएको छ । केन्द्रीय समिति सदस्य देखि सांसद आफुतिर ल्याउन कुनै भुमिका नखेलेका वामदेव गौतमलाइ उति महत्व नदिने पक्षमा पनि नेता नेपाल पुगेका छन । अहिले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले पार्टी रोज्न पाउने समय छ तर नेता गौतमको प्रभाव यस अवधिमा पनि देखिएको छैन । एमालेबाट राजीनामा दिएपनि अझैसम्म माधव नेपालको पार्टी प्रवेश नगरेका गौतम पुन एमाले नै प्रवेश गर्ने हुन कि भन्ने संशय पनि माधव समुहमा कायमै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *