रिबन

कांग्रेस महामन्त्रीमा धेरैको आकर्षण, युवा पुस्ता आउने संकेत

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनसँगै केन्द्रमा पदाधिकारी घोषणा गर्ने क्रम बढेको छ । दुईजनाले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नेमा गगन थापा मात्र छन् ।

तर पनि यसपटकको कांग्रेस महाधिवेशनमा सबैभन्दा रोचक भिडन्त महामन्त्रीमा हुने संकेत देखिएको छ । कांग्रेसमा दुईजना महामन्त्री चुनावमार्फत चयन हुने भएका छन् । अहिलेसम्मको अवस्था हेर्दा यसपटक नयाँ पुस्ताका नेता महामन्त्रीमा आउने निश्चित जस्तै भएको छ ।

युवा पुस्ताका चर्चित नेता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेद्वारी दिने भएका छन्। पार्टी प्रवक्तासमेत रहेका शर्माले भदौ २४ गते बीपी स्मृति दिवसका अवसर पारेर महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दैछन्।

थापा र शर्मा कुन समूहबाट उम्मेदवार हुने प्रष्ट नभए पनि दुईजना महामन्त्रीका लागि दुवै बलिया उम्मेदवार हुन्। यस्तै, सहामहामन्त्री डा.प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउन, रमेश लेखक, मीन विश्वकर्मा पनि महामन्त्रीका आकांक्षी हुन्। महतले महामन्त्री नभए उपसभापतिका लागि आफू योग्य उम्मेदवार भएको बताएका छन् ।

रामचन्द्र पौडेल पक्षबाट महामन्त्रीका आकांक्षीमा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडललगायत छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *