रिबन

माधवकाे पार्टी प्रवेश गर्न वामदेवकाे चार शर्त

काठमाण्डाैं । नेकपा एमाले छाडेका वामदेव गाैतमले माधव नेपाल संगकाे सम्वादलाइ तिव्रता दिएका छन। अन्तिम समयमा मात्र निर्णय गरेर पार्टी विभाजनकाे बखतमा ठाेस सहयाेग नगरेपनि अहिले भने गाैतम माधव नेपालतिर जाने तयारीका साथ वार्तामा सक्रिय भएका छन। तर,एमाले छाडेर नेकपा एकिकृत समाजवादीमा जाने साेच वनाएका गाैतमले माधव नेपाल समक्ष चार वटा सर्त राखेका छन।

एमालेमा रहदा कहिले यता कहिले उता भएर अडान नभएकाे नेताकाे उपमा पाएका गाैतमले यसपटक माधव नेपालकाे पार्टीमा नै प्रवेश गर्न चाहेकाे वताएका छन तर उनी यतिकै पार्टी प्रवेश गर्न खाेजेका भने हाेइनन । उनले पार्टी प्रवेशकाे लागि कडा र संविधानसंग समवन्धित महत्वपुर्ण सवाल राखेका छन।उनले राखेका सर्त यस्ता छन-

एक-संसदीय लाेकतन्त्रकाे ठाउँमा कार्यकारी राष्ट्रपति वनाउनुपर्ने।

दुइ-संघियताकाे सन्दर्भमा पुर्नविचार गर्नुपर्ने।

तिन-निर्वाचन प्रणाली वदलेर पुर्ण समानुपातिक प्रणालीमा जानुपर्ने।

चार-जनताकाे वहुदलिय जनवाद हुवहु लागु गर्नुपर्ने।

गाैतमले यस्ता सर्त राखेका छन।तर,माधव नेपालसंग भएकाे याे वार्ताकाे वावजुद पनि उनलाइ पार्टी प्रवेश गराउने लाेभले माधव नेपाल पक्ष उनका यी सर्त मान्ने पक्षमा भने देखिएका छैनन।एकिकृत समाजवादीमा रहेका माधव नेपाल निकट नेताका अनुसार,वामदेवका यी सर्त उनकाे हैसियत भन्दा गह्रुगाे भयाे भन्ने टिप्पणी गरेका छन। समाजवादी दलका नेताले गाैतमले राखेका तिनवटा सर्त संविधानसंग सम्वन्धित रहेकाे भन्दै तत्काल यसमा सहमत हुन नसकिने वताएका छन। समाजवादीले जवजकाे सन्दर्भमा समेत हुवहु भन्दा पनि अझ उन्नत वनाउदै वैज्ञानिक समाजवादमा जाने लक्ष्य लिएकाे छ। वामदेवका यी सर्त पुरा नहुने भएपछि अब उनी के गर्छन ? भन्ने सवाल खडा भएकाे छ।के वामदेव माधव नेपालसंग कुरा नमिलेकाे खण्डमा पुन एमाले मै फर्कन्छन ? वा नयाँ दल गठन गर्छन ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *