रिबन

नेपाल भारत मैत्रीपुर्ण फुटबल : नेपाल पराजित

काठमाडौं । भारतसँग नेपाल पराजित भएको छ । आज भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाललाई २–१ गोलअन्तरले भारतले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल व्यहोरेको हो । यसअघि गत बुधबार भएको खेलमा नेपाल र भारतले बराबरी खेलेका थिए ।

आज भएको दोस्रो खेलमा नेपालका लागि तेज तामाङले गोल गरे । दोस्रो हाफमा २–० ले पछि परेको अवस्थामा ५६ औं मिनेटमा नेपालका लागि तेज तामाङले गोल गरेका थिए ।

भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । खेलमा भारतका अनरिुद्ध थापा ‘म्यान अफ द म्याच’ बने । उनले २५ हजार रुपैया पाए । विजेता भारतीय टिमलाई गृहमन्त्री बालकृष्ण खाँणले ट्रफि हस्तान्तरण गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *