काठमाण्डौं । शारिरी अशक्तताको वाजुद निर्वाचन आयोग पुगेर सनाखत गरेका नेता प्रदीप नेपालल माधव नेपालसंग भेट गरेका छन । फेसवुकमा माधव नेपालको दल नेकपा एकिकृत समाजवादी त्यागेको लेखेका नेपालले माधव नेपाललाइ भेटेर भने स्कुल विभागको प्रमुख पद मागेका छन । नेकपा एमालेमा यहि विभागको प्रमुख केपी शर्मा ओली रहेका छन ।
प्रदीप नेपालको यो माग प्रति माधव नेपाल सकारात्मक भएका छन । समाजवादी स्रोतका अनुसार,तर विरामी भएका कारण नेता नेपालले कति समय दिन सक्छन भन्ने आंकलन अहिले माधव नेपाल गरिरहेका छन । प्रदीप नेपाललाइ स्कुल विभाग प्रमुख दिएर अर्को शशक्त नेतालाइ उपप्रमुख वनाएर यो विभागलाइ सक्रिय पार्ने सोचमा माधव नेपाल रहेको वुझिएको छ ।




