काठमाडौं । नेपाल–भारतबिचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।
यसअघि गत बिहिबार भएको पहिलो मैत्रीपुर्ण खेलमा नेपाल र भारतले एक/एक गोलको बराबरी खेलेका थिए ।
भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले राम्रो प्रदर्शन गरेको भएपनि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सोचकोअनुसारको खेल खेल्न नसकेको भन्दै नेपाली समर्थकसँग माफी मागेका थिए ।
माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतसँग मैत्रीपुर्ण खेल खेलेको हो । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म हुनेछ ।




