रिबन

माधव नेपाल जस्ताे शरम पचेकाे मान्छे मैले विश्वमै देखेकै छैन-केपी अेाली

काठमाण्डाैं। नेकपा एमालेका अध्यक्ष केपी अेालीले पार्टी फुटाएर एकिकृत समाजवादी दल गठन गरेका माधव नेपाल माथि विष वमन गरेका छन। नेकपा एमाले काठमाण्डाैं महानगर कमिटी गरेकाे कार्यकर्ता भेलामा वाेल्दै उनले यति कडा वाक्य वाेलेका हुन।

विहानसम्म सञ्चाे नभएकाे खवर सम्प्रेशित भएका अध्यक्ष अेालीले दिउसाे सभामा उभिएर भाषण गर्दै भने-यतिकाे लाज शरम पचेकाे मान्छे नेपालमा मात्र हाेइन विश्वमै देखेकाे छैन। अध्यक्ष अेालीले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार वनाएकाे भन्दै नेता नेपालकाे खाेइराे खनेका हुन।उनले भने-वामपन्थी सरकार ढाल्ने,विराेधीकाे सरकार वनाउने अनि प्रतिक्रान्ति राेकें भन्ने ? यसाे भनिरहदा उनकाे मुहार निकै क्राेधित देखिन्थ्याे।उनले अझ अघि भने-वामपन्थी सरकार ढालेर,देशकाे विकासकाे नेतृत्व गरिरहेकाे सरकार ढालेर अनि दक्षिपन्थी सरकार वनाउने अनि क्रान्तिका कुरा गर्ने ?

राजधानीकाे सभागृहमा भएकाे सभामा वाेल्दै उनले थप भने-मैले यति साह्राे लाज शरम पचेकाे मान्छे,माधव नेपाल जस्ताे मान्छे जिन्दगीमा देखेकै छैन।नेपाल मात्र हाेइन,दुनियाका धेरै देश म पुगे तर माधव नेपाल जस्ताे शरम पचेकाे मान्छे कहि छैन।अस्तीसम्म जुन खाटमा बसेका थिए,त्यही खाटमा वन्चराे अहिलेसम्म हानेका हान्यै छन।अस्तीसम्म जुन पिर्कामा वसेका थिए,त्यही पिर्का भाचेका छन।जुन मन्दिरमा पुजा गरेका थिए,त्यसेमा थुकेका छन अहिले पनि।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *