कला/साहित्य

युवा कवि मोतीरामको सम्झनामा

स्रष्टा मोती शरद अघि नै कोटि गर्छौं प्रणाम
लेख्यौ रोप्यौ गजल कविता श्रृङ्ग श्रृङ्गार काम
सुस्ताएनौ गजब कविजी मण्डली मित्रताका
जन्माएछौं युवक वयमै काव्यकारी खुराक ।।१।।

जोड्दैथ्यौ रे सकल भविता भानुलाई उघा–यौ
मापाका हौ उस बखतका भक्तिधारा लघा–यौ
भथ्र्याै भन्थे रुचिकर सुमीठा काब्यरूपी भकारी
लेख्यौ भन्थे प्रकृतिपुरका चित्र रोमाञ्चकारी ।।२।।

दिन्थ्यौ शिक्षा ग्रहण गुटिका भर्दथ्यौ व्यङ्ग्य वाण
अड्को यौटा हरफसहितै श्लोक पङ्ति जडान
क्वाँटी भाषा सरस रसिलो गाभिएको कलामा
बित्यौ शिल्पी कवि हृदय भै अल्पजीवी धरामा ।।३।।

गोष्ठी गङ्गा सललल बगे मण्डली सिर्जनाले
छापाखाना युगतक खुले गद्यशैली पगारे
मोती माला झलल विपना ज्योति सर्वाङ्ग बाना
औंसी कालो निशि छ विपदा रश्मि लाली बिहान ।।४।।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *