१,
चिसो मौसम
जाडोले सताउँदा
न्यानो खोजेको मन ।
लुक्न खोजेको
गुटुमुटिन खोज्दा
समय नै बरफ ।
२,
युद्ध भूमिमा
अडेर मुकाबिला
भइँदैन निराश ।
सानले लड्दा
वीरत्व प्रदर्शन
खिच्नुसम्म खिँचेको ।
३,
आँखा नियालेँ
हरियो बगैँचामा
दिमाग नै तेजिलो ।
हेराइ राम्रो
सौन्दर्यको लस्कर
मन बन्यो प्रफुल्ल ।
४,
बाठो बनेर
थापिएको धराप
आफैँ पर्दा च्यातियो ।
बन्दै निरिह
उकुसमुकुसमा
सहारा खोजिएको ।
५,
आँखै अगाडि
अतीतका सपना
ऎना बनी तर्सेको ।
खुम्चेको मन
एक्लो जीवन कथा
समय काट्न गाह्रो ।
६,
दु:ख बिर्सँदा
मन बनेछ भारी
थाम्न गाह्रो एक्लैले ।
चित्त नबुझ्दा
ज्वाला बनी दन्केको
समाल्न नसकिने ।




