रिबन

एमालेमा नयाँ तमाशा : एक हातले पद दिने अर्को हातले खोस्ने

काठमाण्डौं । माधव नेपाल क्याम्प छाडने वित्तिकै अष्टलक्ष्मी शाक्यले वागमती प्रदेशको मुख्यमन्त्री पाइन । नयाँ दल निर्माणको चरणमा रहेका माधव नेपाललाइ उनले फोन मार्फत नै मुख्यमन्त्री खाउँ कि नखाउँ भनिन । माधवले हुन्छ भने । एमाले स्रोत भन्छ–अष्ट कमरेडले यसैलाइ माधवको स्विकृति मान्नुभयो,जुन गलत थियो । माधव नेपालले नयाँ दल दर्ता गरेकै दिन उनी मुख्यमन्त्रीको सपथ खादैथिइन । तर,जब नयाँ दल वन्यो नेकपा एकिकृत समाजवादी तब उनको पद धरापमा परयो ।

यहि हालत भयो भीम आचार्यको । उनले पनि माधव नेपालको स्विकृति लिन कोटेश्वर पुगेर मलाइ सहयाग गर्नुस भने । तर माधवले अस्विकार गरे । यसपछि पनि उनी मुख्यमन्त्री भइछाडे । झलनाथ खनालको फर्जी पत्र सार्वजनिक गरेर विवादमा परेका आचार्य मुख्यमन्त्री पद प्रति यति धेरै आशक्त देखिए कि उनले दायावाया हेरेनन । उनी खनालका नातेदार समेत हुन ।

यहि अवस्था रहयो योगेश भटटराइको । उनलाइ पनि पार्टी जेठ २ मा पुग्यो भन्ने देखाउन प्रवक्ताको जिम्मेवारी दिइयो । तर,अन्त्यमा खास प्रवक्ता प्रदीप ज्ञवाली नै भए । यहि अवस्था भीम रावलको भयो । उनलाइ सुदुरपश्चिमको इन्चार्ज भनियो तर यो जिम्मेवारी माओवादीबाट एमाले पसेका लेखराज भटटको थियो । कुराले लठ्ठ पार्न र झुक्याउन माहिर ओलीको चाल यी नेता परिसकेका छन । उनीहरुलाइ एक हातले अधिकार र पद अनि सम्मान दिए झैं गरेर लगत्तै खोस्ने काम भएको छ ।

माधव नेपाल छाडेपछि यता न उताको भएका यी नेतालाइ ओलीले सजिलै पत्याउने अवस्था छैन । जब नयाँ दल वनिसक्यो भनेपछि अब यिनीहरुको जाने ठाउ छैन भनेर ओलीले पुरानै पेल्ने नीति अख्तियार गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *