काठमाण्डाैं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले नेपाली कांग्रेस वलियाे भएकाे वताएका छन ।उनले कांग्रेस कमजाेर भइसक्याे भनेर चलाइएकाे हल्ला असत्य भएकाे भन्दै वडा अधिवेशनमा जनताकाे घर-घरमा पुगेर कांग्रेस वलियाे भएकाे सन्देश दिन अपिल गरेका छन।
वडा अधिवेशन सुरूवात भएकाे दिन भिडियाे सन्देशमा सभापति देउवाले पार्टी सशक्त भएकाे र अझ वलियाे वनाउन सवैलाइ लाग्न अपिल पनि गरेका छन। कांग्रेस वलियाे भए लाेकतन्त्र वलियाे हुने उनकाे दृढ मान्यता छ।
कांग्रेस सभापति देउवाले वडा अधिवेशनले महाधिवेशनका सुरूवात भएकाे र यस मार्फत कांग्रेसलाइ अझ मजवुद,अझ लाेकतान्त्रिक वनाउन अपिल गरेका छन।
उनले यसाे भनिरहदा पार्टीका अन्य नेताहरूले भने गुट अन्त्य गरेर पार्टी वलियाे वनाउनुपर्ने वताएका छन।देउवाले भने पार्टी वलियाे वनाउन सवैलाइ सामुहिक याेगदान गर्न अपिल गरेका छन।




