काठमाण्डाैं । प्रधानमन्त्री शेरवहादुर देउवा कम्युनिष्टकाे गढ मानिएकाे भक्तपुरमा पुगेर नेपाली कांग्रेसकाे वडा अधिवेशनकाे उदघाटन गरेका छन।शुक्रवारबाट सुरू भएकाे वडा अधिवेशनकाे उदघाटन उनले भक्तपुर पुगेर गरेका हुन।गत चुनावमा कांग्रेसले भक्तपुरका दुवै निर्वाचन क्षेत्र गुमाएकाे थियाे।भक्तपुरमा पुगेर उनले कांग्रेस जागेकाे वताए।
एमाले सांसद महेश वस्नेतकाे निर्वाचन क्षेत्र सुर्यविनायक नगरपालिका वडा नम्वर ५ मा भएकाे वडा अधिवेशन उनले उदघाटन गरेका हुन। भक्तपुरबाट निर्वाचन जितेका बस्नेतले केही समय पहिला कांग्रेस सभापति शेरवहादुर देउवालाइ चुनाैती दिदै भक्तपुरमा चुना लडे देउवालाइ पनि हराउने हुँकार गरेका थिए।शुक्रवा वडा अधिवेशन उदघाटन गर्दै देउवाले भने-मलाइ हाेइन दुर्लभ थापालाइ हराएर देखाउनुस।थापा कांग्रेसकाे भक्तपुर जिल्ला सभापति हुन भने उनी देउवा निकट युवा नेता हुन।
वस्नेतले केही पहिला अब कांग्रेस सिला खाेज्नुपर्ने अवस्था हुने ठाेकुवा गरेका थिए। तर कम्युनिष्टकाे गढमा पुगेर देउवाले रणनीतिक कुरा गरेका छन ।
उनले भक्तपुर मात्र नभइ अब देशैभर कांग्रेस जाग्ने वताएका छन।अधिवेशनबाट कांग्रेस झन जागृत हुने देउवाकाे ठाेकुवा छ।




