काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज ५६ जिल्लामा वडा अधिवेशन शुरु हुँदैछ ।
क्रियाशिल सदस्यता विवाद समाधान भएर सार्वजनिक भएका ५६ जिल्लामा शुक्रबार वडा अधिवेशन शुरु हुने कांग्रेसले जानकारी दिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशिल सदस्यता विवरण सार्वजनिक भएका जिल्लामा आज अधिवेशन हुने बताए । अधिवेशन हुन नसक्ने कुनै कारण भए केन्द्रीय निर्वाचन समितिसँगको समन्वयमा अर्को मिति समेत तय गर्न सकिने कांग्रेसले जनाएको छ ।
वडा अधिवेशनले वडामा एकजना सभापति। दुईजना वडा उपसभापति, दुईजना सचिव र दुई सहसचिवगरी सातजना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ ।
५६ जिल्लाको वडा अधिवेशन आज शुरु हुने भएपनि बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली प्रकाशन हुँदै जाने र आगामी २७ गतेसम्म तोकिएका सबै स्थानीय तहको अधिवेशन ह्ने कांग्रेसले जानकारी दिएको छ ।




