सम-सामयिक

याेगेशलाइ लाग्याे नराम्राे ठक्कर !

काठमाण्डाैं।माधव नेपाल समुह छाडेर केपी अेाली तिर लागेपछि स्थायी कमिटी सदस्यहरूलाइ केपी एमालेले धमाधम पुरस्कार दिन थाल्याे।यहि क्रममा अष्टलक्ष्मी शाक्य र भीम अाचार्यले मुख्यमन्त्री पद पाए । यता सञ्चारकर्मीसंग राम्राे हेलमेल भएका नेता याेगेश भट्टराइले पनि पुरस्कार स्वरूप पार्टीमा महत्वपुर्ण जिम्मेवारी पाए । उनलाइ नेकपा एमालेले पार्टी प्रवक्ताकाे जिम्मेवारी सुम्पियाे।यहि खवर प्रचारित र प्रशारित भयाे । तर,विहिवार भने अनाैठाे भयाे।

नेकपा एमालेले विहिवार जयसिह धामीकाे सन्दर्भमा सरकारले पर्याप्त सक्रियता नअपनाइ याे घटनालाइ ढाकछाेप गर्न खाेजेकाे दाेष लगायाे । याे दाेष लगाएर उसले एक पेज लामाे वक्तब्य जारी गरयाे।

एमालेले साँझ जारी गरेकाे वक्तब्य समाचारकाे प्रमुख विषय वन्याे तर याे भन्दा पनि महत्वपुर्ण समाचार भने साेही वक्तब्यकाे पुछारमा थियाे,जुन पछि मात्र समाचार वन्याे।वक्तब्यकाे पुछारमा पार्टी प्रवक्ताकाे रूपमा प्रदीप ज्ञवालीकाे हस्ताक्षर र नाम थियाे।जब याे नाम र हस्ताक्षर देखियाे तब स्वभाविक प्रश्न उब्जियाे-नेकपा एमालेकाे प्रवक्ता काे हाे ?

याे प्रश्न अहिले गर्न थालिएकाे छ । तर,उत्तर भने फेला परेकाे छैन।यसकाे मतलब के याेगेशलाइ जाेडकाे धक्का लागेकै हाे त ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *