रिबन

किन छाडे गगनले सिटौला क्याम्प ?

काठमाण्डौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कृष्ण सिटौला क्याम्प छाडेका छन । विहिवार उनी संस्थापन इतर समुहले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएर सिटौला क्याम्प छाडेको सन्देश दिएका छन । केही दिन अघि मात्र महामन्त्रीमा उम्मेदवारी दिएका थापाले विहिवार पौडेलस समुह प्रवेश गरेका छन । गत महाधिवेशनमा सिटौला क्याम्पबाट आफनै ससुरासंग महामन्त्री लडेका थापा यसपटक ससुरासंगै एउटै क्याम्पमा देखिएका छन । अब उनी यहि समुहबाट महामन्त्री हुने देखिएको छ । तर,यो दृश्य देखेपछि उनले सिटौला क्याम्प किन छाडे भन्ने प्रश्न खडा भएको छ ।

नेपाली कांग्रेस स्रोतका अनुसार,गगन शेरवहादुर देउवा सरकारमा स्वास्थ्यमन्त्री हुन चाहेका थिए । उनले यसको लागि सभापति देउवालाइ भेटन ८ जना युवा नेतालाइ वोकेर वालुवाटार समेत पुगेका थिए । प्रधानमन्त्री देउवाले उनलाइ मन्त्री वनाउन चाहेपनि कृष्णप्रसाद सिटौलाले उनलाइ सिफारिश गनुपर्नेथियो तर थापाले केही समय देखि नै सिटौलासंग सम्वन्ध टाढा वनाएर वसेका थिए ।

यसै मेसोमा सिटौलाले मन्त्री छान्न डाकेको वैठकमा थापाको साथै भिमसेनदास प्रधान,उमाकान्त चौधरी पनि उपस्थित भएका थिए । उक्त वैठकमा थापाले मन्त्री वन्ने चाहना राखे तर तत्काल चौधरीले यसपटक मन्त्री वन्ने मेरो पालो भनेपछि वैठक स्थगीत भएको थियो । यसपछि सिटौलाले आफनो क्याम्प छाडने संकेत पाएका थापालाइ मन्त्री नवनाउने संकेत गरे भने चौधरीलाइ मन्त्री वनाउन सिटौलाले सिफारिश गरे । यसपछि टाढिएका थापाले एक्लै महामन्त्रीको उम्मेदवारी घोषणा गरे भने विहिवार क्याम्प परिवर्तनको संकेत पनि दिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *