काठमाण्डाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अलग अलग भेटेका छन्।
अध्यक्ष दाहालले बिहीबार बिहान प्रधानमन्त्री देउवासँग बालुवाटारमा र अध्यक्ष नेपालसँग सिंहदरबारमा भेट गरेका हुन्। दुवै नेतासंगकाे भेटमा अध्यक्ष दाहाल मन्त्रीपरिषदकाे वारेमा छलफल गरेकाे वुझिएकाे छ।
विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई पूर्णता दिन नसकेकाे भनेर सरकार माथि व्यङ्ग्य गर्न थालेकाे बेलामा दाहालले भेटघाटलाइ तिव्रता दिएका हुन ।




