काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी दल दर्ता हुन नसक्ने दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
एमाले स्थायी कमिटि बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले वारेसमार्फत् सर्वोच्चमा दायर गरेको रिटमा भारतमा उपचारका क्रममा रहेका नता झलनाथ खनालको सनाखतमाथि समेत प्रश्न उठाएको छ ।
एमालेले सर्वोच्चमा दायर गरेको रिटमा प्रदीप नेपाल, धर्मनाथ शाह लगाएतका ६ जना नेताहरुको सनाखत गर्ने निर्वाचन आयोगको निर्णयमाथि समेत प्रश्न उठाएको छ । एमालेले दायर गरेको रिटमा सभामुख अग्नि सापकोटालार्इ समेत विपक्षी बनाइएको छ ।
सभामुख सापकोटाले एमालेले कारबाही सिफारिस गरेका माधवकुमार नेपाल, रामकुमारी झाँक्री लगाएतका १४ जना सांसदहरुको कारबाहीबारेमा सूचना प्रकासन नगरेर
एमालेले आफ्नो दलसँग नेकपा एकिकृत समाजवादी दलको नाम समेत मिलेको र झण्डा समेत मिलेको देखिएको भन्दै राजनीतिक दलसम्बन्धी २०७३ को व्यवस्थाविपरित भएको भन्दै दलको नाम, चुनाव चिन्ह र झण्डा समेत नेकपा एकिकृत दर्ता हुन नसक्ने दाबी गरेको छ ।
एमालेले दायर गरेको रिटमाथि आगामी शुक्रबार सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ ।
यस्तो छ एमालेले दायर गरेको रिट




