काठमाडौं । सरकारले चीनले हुम्लामा मिचेको भनिएको भूमिका बारेमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमि लाप्चादेखि हिल्सासम्मको सिमा विवादका बारेमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।
सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गर्ने । निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।




