रिबन

पौडेल र कोइरालाहरुबीच मनमुटाव, डा. शेखरलाई ब्याक गराउने रणनीति

काठमाण्डौं । १४ औं महाधिवेशनमा एकल उम्मेदवार वनाउनुपर्छ भनेर जोड दिइरहेका रामचन्द्र पौडेल खेमाका नेताहरुविच नै मनमुटाव हुन थालेको छ । यो हप्ता वाक्लो गरि पौडेल समुहको वैठक वसेर सभापतिको उम्मेदवार छान्ने कोशिश भएपनि सफलता भने मिलेको छैन । अघिल्लो महाधिवेशनमा शेरवहादुर देउवासंग पराजित भएका रामचन्द्र पौडेलले यसपटक सभापतिमा दावी गर्नु अनुचित हुने भन्दै कोइरालापरिवार उनीसंग असन्तुष्ट देखिएका छन ।

सहमतिको लागि पौडेल निवास बोहराटारमा वसेको वैठकमा स्वयम पौडेलले सभापति उठछु भनेर दावी गरेका डा.शेखर कोइरालालाइ महामन्त्री उठन दवाव दिएका थिए । तर,डा.शेखरले भने सभापतिमा नै उठने अडान लिएपछि कुनै सहमति हुन सकेन । पौडेलले भने यसपटक आफु सिनियर पनि भएकोले सभापति उठने र सवैले सहयोग गरे जित्ने दावी गरे । उनले अहिले नै सभापतिको उम्मेदवार तय गर्नुपर्ने अडान लिएपछि नेताहरु चिढिएका छन । पौडेलको यो प्रस्तावमा नेताहरु डा.शेखर,डा.शशांक,प्रकाशमान सिंह लगायतका नेता असन्तुष्ट देखिएका छन ।

उनीहरुले वडा अधिवेशन सकिएपछि मात्र सभापतिको उम्मेदवार तय गर्नुपर्ने अडान लिएका छन तर पौडेल भने अहिले नै सभापतिमा आफुलाइ उम्मेदवार वनाउन दवाव दिइरहेका छन । नेताहरुविच पटक पटक भएको वहशमा यहि विषयमा सहमति हुन नसक्दा सभापतिको उम्मेदवार तय हुन सकेको छैन । यता,नेताहरुको विचमा सहमति हुन नसक्दा सोही क्याम्पबाट कल्याण गुरुङ्गले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *