रिबन

एमालेमा ब्युँतियाे जेठ २ काे संरचना, पूर्वमाओवादी नेताकाे जिम्मेवारी खाेसियाे (सूचिसहित)

काठमाण्डाैं । नेकपा एमालेले प्रदेश तहमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सबै प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोकेको छ। हालै सम्पन्न स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयबारे जानकारी दिन जारी गरिएको अन्तर पार्टी निर्देशन-१२ मा विभिन्न ३२ नेतालाई १० बुँदे कार्यान्वयनको जिम्मेवारी तोकिएको छ । तर यसरी जिम्मेवारी ताेक्दा पहिले पुर्वमाअेावादी नेतालाइ दिएकाे जिम्मेवारी भने खाेसिएकाे छ।

उक्त जिम्मेवारी २०७५ जेठ २ कै पार्टी संरचना अनुसार तोकिएको छ। उति बेला प्रदेश इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई राखेर प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न टोली बनाइएको छ ।

जसअनुसार प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावलको नेतृत्वमा १० बुँदे कार्यान्वयन टोली बनाइएको छ ।

त्यस्तै जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न महासचिव ईश्वर पोखरेल नेतृत्वको टोली बनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *